site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सामाजिक सहिष्णुतालाई कमजोर पार्ने गतिविधि भइरहेको छ : गृहमन्त्री श्रेष्ठ
फाइल तस्बिर ।

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक सहिष्णुतालाई कमजोर पार्ने गतिविधि भइरहेको भन्दै यसप्रति सचेत हुन अपिल गरेका छन् । 

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले सामाजिक सहिष्णुता र सौहार्दतालाई कमजोर पार्ने गतिविधिहरू भइरहेको बताएका हुन् । 

नेपालको बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक पहिचान रहेको भन्दै आपसी एकता, सहिष्णुता र सौहार्दतालाई कुनैपनि हालतमा कमजोर हुन दिनु नहुने बताए ।

सहिष्णुता कमजोर पार्ने प्रयत्नका विरुद्धमा सरकारले कानुनी र प्रशासनिक रूपमा हस्तक्षेप गर्ने स्पष्ट पारे । यसको निम्ति सबै सचेत हुनुपर्ने आवश्यकता रहेको पनि उनले उल्लेख गरे । 

मन्त्री श्रेष्ठले अर्थतन्त्रमा देखापरेका समस्याहरूका कारणपनि समाजमा अस्थिरता र अराजकता उत्पन्न भएको बताए । समाजमा ‘हेट स्पिच’ बढेर गएको भन्दै यसलाई सरकारले गम्भीरतापूर्वक लिएको उनको भनाइ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १५:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro