site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बेलिङ्घमको गोलमा रियाललाई तीन अंक 
Tiktok banner adTiktok banner ad

काठमाडौं । जुड बेलिङ्घमले इन्जुरी समयमा निर्णायक गोलप्रेरित रियाल मड्रिडले यूईएफए च्याम्पियन लिगमा युनियन बर्लिनविरुद्ध १-० को कठिन जित निकालेको छ । बुधबार घरेलु मैदान सान्टियागो बर्नबेउमा पाहुना टिमको बलियो रक्षापङ्ती तोड्न रियालले चर्को संघर्ष गर्नु पर्यो । रियालका लागि बेलिङ्घमले इन्जुरी समयको चौथो मिनेटमा गोल गरे ।

जितसँगै तीन अंक जोडेको रियाल समूह 'सी' को दोस्रो स्थानमा उक्लिएको छ । यो समूहको शीर्ष स्थानमा रहेको नापोलीको पनि समान तीन अंक छ ।

नापोलीले आजै भएको खेलमा ब्रागालाई २-१ ले हराएको थियो । नापोलीको जितमा डी लोरेन्जोले एक गोल गर्दा अर्को गोल भने ब्रागाका सिकोउ निएकाटेबाट आत्मघाती उपहार पाएको थियो । ब्रागाका ब्रुमाले एक गोल फर्काएका थिए । 

जितसँगै नापोली शीर्ष स्थानमा उक्लिदा अंकविहीन ब्रागा भने तालिकाको पुछारमा छ । तेस्रो स्थानमा रहेको युनियन बर्लिन पनि अंकविहीन छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  ०८:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro