site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वाग्मतीसहित तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना 
फाइल तस्बिर

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा बिहीबार सरदर स्थानको दक्षिणतिर अवस्थित छ । बंगालको खाडीको उत्तर पश्चिम भागमा न्यूनचापीय क्षेत्र रहेको छ । न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर हुँदा मनसुन तुलनात्मक रूपमा कम सक्रिय हुन्छ । 

आज बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोसी प्रदेशका अधिकांश भू–भागमा सामान्य बदली रहेको छ । थोरै स्थानमा मेघगर्जन र चट्याङसँगै हल्का वर्षा भइरहेको छ । बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।  

Dabur Nepal
NIC Asia

जल तथा मौसम विज्ञान विभागले दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोसी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  ०५:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro