site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संविधानमा बीपीको विचार छैनभन्दा तथ्यले नै मान्दैन, पर्याप्त छ : संविधानविद् आचार्य   

काठमाडौं । संविधानविद् निलाम्बर आचार्यले वर्तमान संविधानमा बीपीको विचार पर्याप्त रहेको बताएका छन् । 

नेपाली कांग्रेसको आयोजनामा भएको बीपी साहित्य महोत्सवको अन्तिम दिन बुधबार आयोजित एक कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् । 

“संविधानमा बीपीको विचार छैनभन्दा तथ्यले नै मान्दैन । यसमा पर्याप्त छ,” संविधानविद् आचार्यले भने । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शारीरिक रूपमा अहिले बीपी नभए पनि वैचारिक रूपमा जीवित रहेको विश्वास उनको थियो । 

उनले थप स्पष्ट पारे, “विचार जीवित छ भन्ने हो भने सात सालमा जे भनेको थियो, जस्ताको तस्तै नरहन सक्छ । पृष्ठभूमिले त्यसलाई फरक पारिदिन्छ ।”  

२००७ सालमा संविधानसभा भएको भए बीपीको दर्शनको   आदर्श संविधान बन्ने दाबी उनले गरे । 

“पछि हतियार र सेनासहित बन्यो, जुन बीपी हुनुभएको भए स्वीकार्य हुँदैन्थ्यो होला,” आचार्यले भने । 

संविधानका मुलभूत कुरा लोकतन्त्र, शक्ति पृथकीकरण, मानवअधिकार, नागरिक स्वतन्त्रता भएको उनले जनाए । यी कुरा सात सालअघिको कांग्रेसको घोषणापत्रमा भेटिने उनले बताए ।  

माओवादी बीपीको विचारमा नआउने दाबी उनले गरे । अझै माओवादी लोकतान्त्रिक नभएको पनि उनले जनाए ।  

“यो संविधान शुद्ध छैन, यसमा मिसावट छ । यसमा संवैधानिकभन्दा राजनीतिक विषय धेरै छन्,” आचार्यले भने, “यो संविधान दुर्घटनामा जानु नहुने हो तर, नेताहरूको निष्क्रियताले जाँदै छ ।” 

नेपाली कांग्रेसले सबैलाई लोकतान्त्रिक धारमा ल्याउनु पर्ने उनले बताए । तर, कांग्रेस नै अलोकतान्त्रिक बाटोमा हिडेको आरोप उनले लगाए । 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १७:३६
प्रतिक्रिया दिनुहोस्