site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सिटीको जितमा आल्भारेजको दुई गोल
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । अर्जेन्टिनी फरवार्ड युलियन आल्भारेजले दुई गोल गर्दा यूईएफए च्याम्पियन्स लिग २०२३–२४ को आफ्नो पहिलो खेलमा साविक विजेता म्यानचेस्टर सिटीले एफके सर्भाना जभेस्डाविरुद्ध ३–१ को जित निकालेको छ ।

मंगलबार घरेलु मैदान इत्तिहाद रंगशालामा सिटीलाई जित रोड्रीले एक गोल थपे । खेलमा सुरुआती अग्रता भने जभेस्डाले बनाएको थियो । ४५औँ मिनेटमा ओस्मान बुकारीले गोल गरेपछि जभेस्डाले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो ।

Agni Group

तर, पाहुना टिमको यो अग्रता लामो समय टिक्न सकेन । ४७औँ मिनेटमा आल्भारेजले गोल गर्दै घरेलु टिमलाई खेलमा फर्काएका थिए । ६०औँ मिनेटमा आल्भारेजले नै गोल गरेपछि सिटीले २–१ को अग्रता बनाएको थियो । ७३औँ मिनेटमा रोड्रीले गोल गरेपछि सिटीले ३–१ को जित निश्चित गर्‍यो ।

जितसँगै तीन अंक जोडेको सिटी समूह ‘जी’को दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको आरबी लाइपजिगले पनि समान तीन अंक नै जोडेको छ । अंकविहीन जभेस्डा तालिकाको तेस्रो स्थानमा छ ।

Global Ime bank

मंगलबारै भएको समूह ‘जी’को अर्को खेलमा लाइपजिगले योङ ब्वाइजविरुद्ध ३–१ गोलकै जित निकाल्यो । जितसँगै लाइपजिग शीर्ष स्थानमा उक्लँदा योङ ब्वाइज तालिकाको पुछारमा छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  ०९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
  एनसेल प्रकरणको खैलाबैला
  एनसेल प्रकरणको खैलाबैला
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu