site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सीटीईभीटी र नेविसंघबीच पाँचबुँदे सहमति

काठमाडौं । नेपाल विद्यार्थी संघ र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)बीच पाँचबुँदे सहमति भएको छ । मंगलबार नेविसंघ र परिषद्बीच सहमति भएको नेविसंघ केन्द्रीय सदस्य शुशील खड्काले जानकारी दिए ।

सहमतिअनुसार चालु शैक्षिक सत्रदेखि परिषद्को तीनवटा आंगिक शिक्षालयहरुमा विशेष छात्रवृत्ति कार्यक्रमअन्तर्गत विकट जिल्लाका ८० वटा पालिका तथा दलित, मुस्लिम, विपन्न र सिमान्तकृत समुदायका कम्तीमा १२० जना विद्यार्थीलाई डिप्लोमा इन फार्मेसी कार्यक्रम संचालनमा ल्याएर भर्ना गरिने भएको छ ।

Argakhachi Cement Island Ad

यस्तै, भदौ २ गते परिषद्बाट संचालित मधेस प्रदेशअन्तर्गतको प्रवेश परीक्षाको नतिजा प्रकाशनका सम्बन्धमा छानबिन टोली गठन गरी यथाशीघ्र सत्यतथ्य जानकारी गराइने भएको छ ।

आगामी शैक्षिक सत्रदेखि थप आंगिक शिक्षालयहरुमा प्रमाणपत्र तह नर्सिङ्ग कार्यक्रम सञ्चालनका लागि अध्ययन टोली बनाएर प्रक्रिया तत्काल सुरु गर्ने, आगामी शैक्षिक सत्रदेखि परिषद्बाट संचालित वार्षिक परीक्षाको ट्रान्सक्रिप्ट प्रदेश कार्यालयहरुबाट नै वितरण गर्ने र नेविसंघद्वारा पेस गरिएका अन्य मागहरुका सम्बन्धमा थप छलफल गरी १५ दिनभित्र सहमति कायम गर्ने सहमति भएको हो ।

Nebisangh1-1695114675.png

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १४:५६
प्रतिक्रिया दिनुहोस्