site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
उस्तै उतारचढाव भोगेका एसपी ढुंगेल र डीएसपी जीसी, जसलाई फेरि गैह्रीगाउँ घटनाले चर्चामा ल्यायो
SkywellSkywell

काठमाडौं । आइतबार साँझ करिब ७ बजे काठमाडौं प्रहरीले पत्रकार सम्मेलनको आयोजना ग¥यो । उद्देश्य थियो, शुक्रबार राति तीनकुनेस्थित दिव्य सःमिलमा भएको सामूहिक हत्या प्रकरणका आरोपी सार्वजनिक गर्ने ।

सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिएको काठमाडौंकै मध्यभाग, बानेश्वर प्रहरी वृत्तको केही दुरीमै भएको उक्त सामूहिक हत्याकाण्डको अनुसन्धान गर्न प्रहरीलाई चुनौती देखिएको थियो । उपत्यका प्रहरी कार्यालय रानीपोखरीले घटनाको भोलिपल्टै अनुसन्धान टोली बनायो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सोमन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान टोली गठन भएको थियो । 

Dabur Nepal
NIC Asia

जसमा काठमाडौं प्रहरी परिसरका डिएसपी हरि खतिवडा, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीएसपी सुवास खड्का, अपराध अनुसन्धान कार्यालयका डिएसपी सुरक्षा केसी, प्रहरी वृत्त बानेश्वरका प्रहरी निरीक्षक बीरेन्द्र केसी सदस्य थिए ।

तर, पत्रकार सम्मेलनमा अनुसन्धान टोली प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले अनुसन्धान समितिमै नरहेका काठमाडौं प्रहरी परिसरका एसपी कुमुद ढुंगेल र डीएसपी अंगुर जीसीलाई धन्दवाद दिए ।

एसएसपी राठौरले भने, “तीनकुनेमा भएको सामूहिक हत्या प्रकरणका आरोपीलाई हामीले कबिर ३७ घण्टाभित्र पक्राउ गर्न सफल भएका छौं । आरोपीसम्म पुग्न खटिने एसपी कुमुद ढुंगेल र डीएसपी अंगुर जीसीको टिमलाइ धन्यवाद ।”

चार जनाको विभत्स हत्या हुनेगरी भएको सामूहिक हत्या अरोपमा प्रहरीले बोल्न नसक्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ का संजय भण्डारीलाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

भण्डारीले मृतक मोरङका नवीन भन्ने विशाल राईसँगको सामान्य विवादका कारण नविनसहित दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, उनकी ७५ वर्षीय आमा शुभद्रा भुजेलको खुकुरी प्रहार गरेर हत्या गरेका थिए ।

उक्त हत्या प्रकरणबारे उपत्यका प्रहरी कार्यालयले अनुसन्धान टोली बनाएर अनुसन्धान थालेको थियो ।  घटनास्थल काठमाडौं प्रहरी परिसरकै मातहतमा पर्ने भएकाले परिसर टोली छुट्टै अनुसन्धानमै थियो । जसको नेतृत्व एसपी ढुंगेल र डिएसपी जिसीले गरेका थिए । 

अनुसन्धानमा परिसरबाट सादा पोसाकमा प्रहरी परिचालन गरिएको थियो । उक्त टोलीले हत्याका आरोपीलाई पक्राउ गर्न सफल भएको हो । एसपी ढुंगेल र डीएसपी जीसी ब्याचम्येट हुन् ।  २९ वैशाखमा प्रहरी प्रधान कार्यालयले गरेको बढुवामा ढुंगेल एसपी हुँदा जीसी भने छुटेका थिए ।

ब्याचम्येट हुनुबाहेक एसपी ढुंगेल र जिसीबीचको अर्को संयोग उनीहरु दुबै जना प्रहरी संगठनको उपल्ला अधिकारीको अन्तरिक संघर्षका कारण चेपुवा परेका अधिकारीहरु भएको प्रहरीकै उच्च तहका कर्मचारी बताउँछन् । जसकारण उनीहरु निलम्बनसमेत भए ।

एसपी ढुंगेल १९ वैशाख २०७६ मा निलम्बनमा परेका थिए । २६ चैत २०७६ मा रानीबारीस्थित लालेन्द्र शेरचनको घरमा भएको लुटपाट घटनाका आरोपी विक्रम श्रेष्ठसँग ढुंगेलको ‘कनेक्सन’ देखिएको भन्दै प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले निलम्बन गरेको थियो ।

उक्त प्रकरणमा ढुंगेलले अदालतसम्म मुद्दा खेप्नु पर्‍यो । उक्त मुद्दा जिल्ला, उच्च हुँदै सर्वोच्च अदालत पुगेको थियो । २३ माघ २०७७ मा सर्वोच्चले सफाइ दिएलगत्तै उनको निलम्बन फुकुवा भएको थियो । लामो समयसम्म कामविहीन ढुंगेल एक महिना अघिमात्रै काठमाडौं प्रहरी परिसर पुगेका थिए ।

त्यस्तै, जिसी चर्चित निर्मला पन्त घटना प्रकरणमा निलम्बनमा परेका अधिकारी हुन् ।  उनलाई गृहमन्त्रालयले ३० भदौ २०७५ मा निलम्बन गरेको थियो ।  जिसीले निर्मला पन्तका हत्या र बलात्कार आरोपी पक्राउ गर्दा यातना दिएको आरोप खेप्नुपरेको थियो ।

कञ्चनपुरकी निर्मलाको १० साउन २०७५ मा बलात्कार पछि हत्या भएको थियो ।  निलम्बनको २ वर्षपछि १५ साउन २०७७ मा उनले जिल्ला अदालत कञ्चनपुरबाट सफाइ पाए ।  त्यसपछि उनी काममा फर्किएका हुन् । निर्मला प्रकरणको अनुसन्धान अझैँ टुङ्गिएको छैन ।

उनीहरु दुवै पूर्वआईजीपी सर्वेन्द्र खनालको पालामा निलम्बनमा परेका हुन् । 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu