site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विद्यार्थीमा सफलताको भोक हुनुपर्छ : गगन थापा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यार्थीमा सफलताको भोक हुनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा  ब्रिजवाटर कलेजले गरेको कार्यक्रममा उनले विद्यार्थीले सफलताको भोक राखेर अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।

उनले जिन्दगीको सबैभन्दा ठूलो कुरा खुसी कसरी हुने भन्ने रहेको बताए । हरेक मानिस जहिल्यै तनावमा रहने गरेको भन्दै उनले सानोतिनो हारलाई सहजै लिनुपर्ने उल्लेख गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

सांसदलाई अर्को चुनाव कसरी जित्ने भन्ने चिन्ता, पाँचपटक प्रधानमन्त्री भइसकेको व्यक्तिलाई छैटौँपल्ट किन भइएन भन्ने तनाव र प्रधानमन्त्रीलाई बेलुका पद जाने हो कि भन्ने संशय हुने गरेको उनले बताए ।

“जिन्दगीको सबैभन्दा ठूलो कुरा भनेको खुसी कसरी हुने भन्ने हो । तपाईंहरूले सफलताको भोक पनि राख्नुस् । परीक्षा छ भनेर घरबाट निस्किने बेलामा विद्यार्थीहरू तनावमा रहने गर्दछन्,” उनले भने, “म अहिले चुनाव जितेर सांसद छु, मलाई अब चार वर्षपछि कसरी चुनाव जित्ने भन्ने तनाव छ । पाँचपटक प्रधानमन्त्री भएको मान्छेलाई ६ पटक किन भएन भन्ने तनाव छ । अहिले भएको प्रधानमन्त्रीलाई भरे बेलुका प्रधानमन्त्री खुस्केला कि भन्ने तनाव छ । सबै मान्छे जीवनमा बिहानदेखि बेलुकासम्म तनावमा बाँच्ने रहेछन् । सानोतिनो हारलाई पनि सहजै लिन जान्नुपर्छ । काम गर्ने हो, तर फलको आस नगर्ने हो । कर्म इमानदारिताका साथ गर्नुपर्छ ।”

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १२:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement