site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पाँच महिनामा विपद्का घटनामा परी १८३ जनाको मृत्यु, ३० बेपत्ता
फाइल तस्बिर ।

काठमाडौं । पछिल्लो पाँच महिनाको अवधिमा देशभर विपद्का घटनामा परी १८३ जनाको मृत्यु भएको छ । 

२०८० वैशाख १ गतेदेखि भदौ ३१ गतेसम्मको अवधिमा उनीहरूको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका अनुसार उक्त अवधिमा दुई हजार ७९७ वटा विपद्का घटना भएका छन् । त्यसमा ३० जना अझै बेपत्ता छन् भने ५८७ जना घाइते भएका थिए । 

बाढी, पहिरो, हाई अल्टिच्युड, चट्याङ, सर्पको टोकाइ, आगलागी, भारी वर्षा, हुरी बतास, जनावरको आक्रमण, हिमपहिरो र वन डढेलो जस्ता घटनामा उक्त मानवीय क्षति भएको हो ।

बितेको पाँच महिनामा सबैभन्दा ठूलो मानवीय क्षति पहिरोले गरेको छ । पहिरोमा परी उक्त अवधिमा ४४ जनाको मृत्यु भएको छ । 

प्राधिकरणका अनुसार वैशाखदेखि भदौसम्मको अवधिमा चट्याङ लागेर ३८, आगलागीमा परी २३, जनावरको आक्रमणबाट १९, बाढीमा परी १६, सर्पले टोक्दा १२ जनाको मृत्यु भएको छ । 

त्यस्तै, हाई अल्टिच्युडका कारण ६, भारीवर्षाका कारण दुई, हिमपहिरोमा परी १२, वन डढेँलोमा परी पाँच, हुरीबतासका कारण एक र अन्य गैरप्राकृतिक विपद्का घटनामा परी पाँचजनाको मृत्यु भएको छ । 

पछिल्लो पाँच महिनामा बाढीमा परी २०, पहिरोमा परी ९ र डुंगा पल्टिँदा एकजना बेपत्ता छन् । विपद्का घटनाले यो वर्ष हालसम्म आठ हजार ७४९ परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ । 

बितेको पाँच महिनामा सर्वसाधरणको एक अर्ब २८ करोड ६८ लाख १२ हजार ४७ रुपैयाँ बराबरको सम्पत्ति क्षति गरेको छ । 

सबैभन्दा ठूलो आर्थिक क्षति आगलागीका घटनाले गरेको देखिन्छ । उक्त समयमा आगलागीका घटनाले ९२ करोड आठ लाख ८७ हजार ७४७ रुपैयाँ, बाढीले २५ करोड १३ लाख ८५ हजार ५०० रुपैयाँ, भारीवर्षाले दुई करोड १३ लाख ६४ हजार रुपैयाँ र पहिरोले पाँच करोड ५१ लाख ९७ हजार २०० रुपैयाँ आर्थिक क्षति गरेको छ । 

गत वर्ष २०७९ को सोही अवधिमा (वैशाख–भदौ) देशभर रेकर्ड भएका एक हजार ७०९ वटा विपद्का घटनामा १८७ जनाको मृत्यु, १२ जना बेपत्ता र ४८१ जना घाइते भएका थिए । उक्त अवधिमा विपद्का घटनाले सर्वसाधरणको ९५ करोड ६७ लाख ३७ हजार ४३५ रुपैयाँ बराबरको सम्पत्ति क्षति गरेको थियो । 

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १२:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro