site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अर्काको मोबाइल नम्बर आफ्नो नाममा सारेर रकम चोरी गर्ने पक्राउ
प्रतीकात्मक तस्बिर।
Tiktok banner adTiktok banner ad

काठमाडौं । अर्काको मोबाइल नम्बर आफ्नो नाममा सारेर बैंकबाट रकम चोरी गर्ने एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–६ का २२ वर्षीय सरोज दिवाली छन् । उनलाई प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार दिवालीले पीडितको अनुमतिबिना पीडितले प्रयोग गर्ने मोबाइल नम्बर आफ्नो नाममा नामसारी गरेर सोही नम्बरको आधारमा पीडितको बैंक खातासम्म पहुँच पुर्‍याएर रकम चोरी गरेको खुलेको छ ।

उनले मोबाइल बैंकिङमामार्फत पीडितको ६ लाख रुपैयाँ विभिन्न खाताहरुमा पठाएको खुलेको छ । सोही आधारमा उनलाइ पक्राउ गरिएको हो । पक्राउ परेका दिवालीमाथि थप अनुसन्धान जारी रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १७:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro