site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
इटालियन चेम्बर अफ कमर्स र एनआईसीसीआईबीच भेटवार्ता, व्यापार सम्बन्ध सुदृढ बनाउने प्रतिद्धता
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनआईसीसीआई)का अध्यक्ष सञ्जय अग्रवालको नेतृत्वमा नेपाली प्रतिनिधिमन्डलले इटालियन चेम्बर रोम र मिलानको भ्रमण गरेका छन् ।

केही दिनअघि भदौ १७ देखि २३ गतेसम्म भएको भ्रमणमा एनआईसीसीआईको लागि द्विपक्षीय सम्बन्धका बारेमा छलफल एवं व्यापारका अवसरको सम्भाव्यता अध्ययन गर्न महत्वपूर्ण रहेको बताइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल र इटालीबीच व्यापारिक र सांस्कृतिक सम्बन्ध निर्माण र विस्तारमा भ्रमण एवं छलफल केन्द्रित रहेको एनआईसीसीआईले जनाएको छ ।

नेपालले रोम चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री र मिलान चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीसँग पहिलोपटक यसरी भेट गरेको एनआईसीसीआईले जनाएको छ ।

Global Ime bank

यो बैठकले इटालियन सरकारी अधिकारी र एसोकामेरेस्टेरोको सार्वभौम अवस्थामा एनआईसीसीआईको स्थापना, मान्यता, भविष्य र युरोपेली संघको लागि साझा दृष्टिकोणलाई प्रतिबिम्बित गर्दै ठूलो महत्व राखेको यसको भनाइ छ ।

भेटमा रोमस्थित नेपालका लागि महावाणिज्यदूत पाओलो नुगारीसँग छलफल भएको थियो । उनले सन् १९७० देखि नेपालसँगको अनुभव स्मरण गराउँदै एनआईसीसीलाई मान्यता दिलाउन सहयोग गर्ने प्रतिज्ञा गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १३:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय