site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चिकित्सकहरूको आन्दोलन स्थगित, तर सम्झौता पालना नभए फेरि सडकमा उत्रने चेतावनी

काठमाडौं । नेपाल चिकित्सक संघको आन्दोलन स्थगित भएको छ । आज सरकारसँग सहमति भएपछि चिकित्सकहरूले थालेको आन्दोलन स्थगित भएको हो ।

हेटौँडास्थित सन्चो अस्पतालका दुई जना डाक्टरमाथि कुटपिट भएको विरोधमा चिकित्कसहरू आन्दोलित भएका थिए । आज उनीहरूले देशभर सेवा ठप्प पारेका थिए ।

घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन ऐन २०७९) बमोजिम कारबाही गर्ने र उक्त ऐन कार्यान्वयनका लागि नेपाल सरकारका सरोकारवाला निकायहरू प्रतिबद्ध रहने भएकाले आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको संघले जनाएको छ ।

तर, सुरक्षाको जिम्मा लिएको सरकारले संघसँग गरिएका सम्झौता अक्षरश पालना नगरेको अवस्थामा जुनसुकै समयमा फेरि कडा कार्यक्रमसहित आन्दोलनमा उत्रने संघको चेतावनी छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  २०:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro