काठमाडौं । नेपालको यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले यामाहा फेस्टिभ सेलिब्रेसन विथ् रोडिज पावर अफ फाइभ योजना ल्याएको छ ।
यसअन्तर्गत कुनैपनि स्कुटर खरिद गर्दा ६ हजार रुपैयाँदेखि एक लाखसम्मको र बाइक खरिद गर्दा आठ हजार रुपैयाँदेखि एम लाखसम्मको स्युर–सट क्यासब्याक उपलब्ध हुने कम्पनीले जनाएको छ ।
यस्तै, लक्की ड्रबाट दैनिक यामाहा राइडिङ ज्याकेट, आइफोन १५ को साप्ताहिक उपहार र प्रत्येक महिना भाग्यशाली विजेताले जापान जाने मौका पाउने कम्पनीले जनाएको छ ।
एमएडब्ल्यू टू ह्वीलर्स डिभिजनका सीईओ राजु क्षेत्री यामाहा फेस्टिभ सेलिब्रेसन विथ् रोडिज पावर अफ फाइभ योजना प्रस्तुत गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।
यो अफर यामाहाका सबै बाइक र स्कुटरहरूमा लागु हुने र देशमा रहेका यामाहाका सबै अधिकृत सोरुमहरूमा उपलब्ध रहेको कम्पनीले बताएको छ ।