खेल
काठमाडौं । एसिया कप–२०२३ को फाइनल खेल वर्षाका कारण प्रभावित बनेको छ ।
श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादसा रंगशालामा हुने भारतविरुद्धको फाइनल खेलका लागि टस जितेर श्रीलंकाले ब्याटिङको निर्णय गरे पनि वर्षाका कारण खेल सुरु हुन भने सकेको छैन ।
भारतले समूह ‘ए’ को र श्रीलंका समूह ‘बी’ विजेताको रूपमा सुपर फोरको यात्रा तय गरेका थिए । सुपर फोरमा भारतलाई २१३ मा अल आउट गरे पनि श्रीलंका ४१ रनले पराजित भएको थियो ।
घरेलु टिम श्रीलंका एसिया कपमा सबैभन्दा धेरै फाइनल खेल्ने टिम हो । श्रीलंकाले हालसम्म १२ पटक फाइनल खेलेको छ ।
जसमध्ये ६ उपाधि जितेको श्रीलंका आज उपाधिसहित प्रतियोगिताको सबैभन्दा धेरै उपाधि जित्ने टिमको रूपमा भारतसँग बराबरी गर्न चाहन्छ ।
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८० १५:३४
प्रतिक्रिया दिनुहोस्