site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कपोलकल्पित, तथ्यहीन र पूर्वाग्रही समाचारले मर्माहत छु : मन्त्री लामा
फाइल तस्बिर ।

काठमाडौं । वाग्मती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थबहादुर लामाले ‘कपोलकल्पित, तथ्यहीन र पूर्वाग्रही समाचार’ले आफू अत्यन्तै मर्माहत भएको बताएका छन् । उनले ९६० सुन बरामद प्रकरणमा आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएका हुन् ।

उक्त घटनामा आफ्नो कुनै संलग्नता नरहेको विज्ञप्तिमार्फत उनले स्पष्टीकरण दिएका छन् ।

राजनीतिको ओत लागेका आपराधिक पृष्ठभूमिका विकास लामा दुबईबाट हुने सुन तस्करीमा जोडिए 

Dabur Nepal
NIC Asia

“मिति २०८० भाद्र २५ गते काठमाडौंमा सुनजस्तो पहेँलो धातुको डल्ला ९६० ग्राम (नेपाल प्रहरीको मुचुल्का अनुसार) बरामद भएको घटनामा विगत दुई दिनदेखि मेरो समेत नाम जोडेर केही अनलाइन सञ्चारमाध्यमहरूमा प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता कपोलकल्पित, तथ्यहीन र पूर्वाग्रही समाचारले अत्यन्तै मर्माहत र दुःखित तुल्याएको छ,” उनले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “त्यस्ता भ्रामक समाचारमा कुनै सत्यता नरहेको र मेरो कुनै प्रकारको संलग्नता नरहेको यसै विज्ञप्तिमार्फत आम जनसमुदायलाई आश्वस्त पार्न चाहन्छु ।”

वाग्मती प्रदेश सरकारको मन्त्री र नेपाली कांग्रेस काभ्रेको सभापतिको हैसियतमा आफ्नो धेरै जनसम्पर्क हुने उनले बताएका छन् । “वाग्मती प्रदेश सरकारको मन्त्री र नेपाली कांग्रेस काभ्रेको सभापतिको हैसियतमा मेरो धेरै जनसम्पर्क हुने र ती समयमा वा अन्य कुनै प्रसंगमा कसैले खिचेका तस्बिर समेत राखेर समाचार प्रकाशित गरिनु, सामाजिक सञ्जालमा अतिरञ्जित बनाउनु मेरो राजनीतिक र चारित्रिक हत्या गर्ने कुत्सित मनसायबाहेक केही होइन,” उनले लेखेका छन्, “मलाई विवादमा ल्याउन चाहने निकृष्ट मानसिकता र दुराशयका साथ भएका यस्ता कार्यप्रति म सचेत छु ।”

घटनाको सत्यतथ्य छानबिन होस् भन्ने पक्षमा आफू रहेको उनले जनाएका छन् । उनले दोषीमाथि कारबाहीको माग गरेका छन् ।

कांग्रेस जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकले पनि उक्त समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

adf-1694865152.jpg

मन्त्री लामाको चरित्र हत्या गर्ने र सामाजिक मर्यादामा आँच पुर्‍याउने दूषित मनसायका साथ समाचार प्रकाशन गरिएको कांग्रेस काभ्रेको ठहर छ ।

“उहाँको चरित्र हत्या गर्ने, सामाजिक मर्यादामा आँच पुर्‍याउने दूषित मनसायका साथ प्रकाशित त्यस्ता झुठा र आधारहीन समाचारप्रति नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रे घोर भर्त्सना, निन्दा एवं खण्डन गर्दछ,” विज्ञप्तिमा उल्लेख छ, “कलुषित मनसायका साथ प्रकाषित यस्ता घृणित झुठा समाचार प्रचारप्रसार नगर्नु नगराउनु हुन र जनतालाई सत्यतथ्य सूचना मात्र सम्प्रेषण गर्न सम्बन्धित सञ्चारमाध्यमको ध्यानाकर्षण गर्न चाहन्छौँ ।”

घटनाको छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन कांग्रेस काभ्रेले माग गरेको छ ।

dafs-1694865178.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १७:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro