site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजनीतिको ओत लागेका आपराधिक पृष्ठभूमिका विकास लामा दुबईबाट हुने सुन तस्करीमा जोडिए 
SkywellSkywell

काठमाडौं । काठमाडौं प्रहरीको विशेष टोलीले २५ भदौमा दुबई हुँदै हिमालयन एयरलाइन्सबाट काठमाडौं ओर्लिएका काभ्रेको खानीखोला गाउँपालिका–३ का २८ वर्षीय बाबुलाल दोङलाई पक्राउ गर्‍यो ।

प्रहरीले दुबईबाट अवैध सुन ल्याएको सूचना पायो । त्रिभुवन विमानस्थल जाँचपास गरेर बाहिरिएपछि दोङलाइ सडकमै खानतलासी गर्‍यो । प्रहरीले उनले सुनको लेदो बनाएर मलद्वारमा लुकाएको ९६० ग्राम सुन भेटेपछि उनलाई पक्राउ गरेको थियो ।

दोङलाई पक्राउ गरेको प्रहरीले सुनबारे सोधखोज गर्दा उनी भरिया मात्र भएको खुल्यो । दोङले ल्याएको सुन ‘रिसिभ’ गर्ने समूहको खोजी प्रहरीले गर्‍यो ।

KFC Island Ad
NIC Asia

प्रहरीले सुन ‘रिसिभ’ गर्ने काभ्रेको रोशी गाउँपालिका–३, घट्टेखोलाका ३३ वर्षीय जगत लामा र काभ्रेकै महाभारत गाउँपालिका–३ का ३६ वर्षीय मिङमा दोर्जे स्यान्तानलाई पक्राउ गर्न सफल भयो ।

प्रहरीको अनुसन्धानले सुन जगत लामा र काभ्रेको महाभारत गाउँपालिकाकै विकास योञ्जन लामाको भएको खुलाएको छ । जगत पक्राउ परे पनि विशाल फरार छन् । काठमाडौैं प्रहरी स्रोतका अनुसार, विकास लामा समूहले दुबई हुँदै विभिन्न व्यक्तिमार्फत महिनाको २० देखि ३० किलो सुन तस्करी गर्ने गरेको दाबी गरिएको छ ।

सुन तस्करीका लागि उनीहरूले काभ्रेबाट १५ देखि २० युवालाई नियमित दुबई पठाउने र फर्कंदा सुनको भरिया बनाउने गरेको तथ्य प्रहरीले खुलाएको हो । विकास लामा समूहले काभ्रेकै नवीन दोङलाई दुबईमा सुन पठाउने धन्दामा प्रयोग गर्ने गरेको पनि पाइएको परिसर प्रहरी स्रोतले बाह्रखरीलाई बतायो ।

कार छाडेर भागेका थिए विकास
दुबई हुँदै सुन ल्याएका बाबुलाल दोङलाइ प्रहरीले २५ भदौ बिहान ११ बजे पक्राउ गरेको थियो । जगत र मिङमा दोर्जेलाई भने प्रहरीले २६ भदौमा काठमाडौंको ढल्कुबाट पक्राउ गरेको हो ।

वाग्मती प्रदेश ०२०३० प ८५१७ नम्बरको बुलेट मोटरसाइकलमा जगत थिए । वाग्मती प्रदेश ०१२७ च ९९६० नम्बरको क्रेटा गाडीमा मिङमा र विकास थिए ।

प्रहरीले मिङमा र जगतलाई पक्राउ गर्न सफल भए पनि विकास कार नै छाडेर भागे । कारबाट भाग्दै गर्दा विकासले प्रहरीमाथि रड प्रहार गर्न खोजेको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको भनाइ छ ।

विकासको आपराधिक यात्रा सुन तस्करी मात्र होइन, यसअघि मोटरसाइकल चोरी मुद्दामा मकवानपुरको भीमफेदी कारागारमा बसेका थिए । उनी तीन वर्षअघि मात्र छुटेको प्रहरीले जनाएको छ ।

awfedg-1694686187.jpg

जेलबाट छुटेलगत्तै राजनीतिको आडमा विकासले आपराधिक गतिविधि तीव्र पारेका उनीनिकट बताउँछन् । ०७९ मा भएको निर्वाचनमा विकास नेपाली कांग्रेसमार्फत काभ्रे क्षेत्र नम्बर–१ ‘क’बाट प्रदेशसभा सदस्यका लागि समानुपातिकमा सिफारिसमा परेका थिए । त्यति बेला उनी प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ‘क’ क्षेत्रकै प्रचारप्रसार समिति संयोजक समेत थिए ।

कारबाट करोडौँको चेक बरामद
प्रहरीले विकास लामालाई पक्राउ गर्न असफल भए पनि उनले प्रयोग गर्ने गरेको कार बरामद गरेको छ । उक्त कारमा अरू व्यक्तिका करोडौँ रकमको चेक बरामद भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एवं एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

काभ्रे क्षेत्र नम्बर–१ ‘ख’का प्रदेशसभा सदस्य तथा वाग्मती प्रदेशको खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तीर्थ लामाले दिएको ६ लाख रुपैयाँको चेक समेत विकासको कारमा फेला परेको छ । यसले मन्त्री लामाको भूमिका समेत शंकास्पद ठानिएको छ । मन्त्री लामाले भने विकाससँग लामो समयदेखि भेटघाट नभएकाले चेकबारे अनविज्ञता जनाए ।

उनले भने, “राजनीतिमा लागेको भाइ हो, दौडधुप पनि गर्छ, मैले चेक दिएको छैन । पहिलाकै हो कि ! मलाई थाहा भएन ।”

उनी नेकपा (एमाले)का उमेदवार चन्द्र लामालाई तीन मतान्तरले हराउँदै कांग्रेसबाट प्रदेश सदस्यमा निर्वाचित भएका थिए ।

काठमाडौं प्रहरीले पक्राउ गरेका बाबुलाल दोङसहित तीनजनालाई विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ । तर, तस्करीको थप अनुसन्धान गर्नुपर्ने देखिएपछि काठमाडौं प्रहरीले भन्सार कार्यालयलाई अनुसन्धानका लागि पक्राउ परेका व्यक्तिलाई पुनः प्रहरीलाई पठाइदिन आग्रह गरेको छ ।

परिसरका एसपी ढुंगेलले भने, “हामी तस्करीको अनुसन्धान गरिरहेका छौँ । एकजना पक्राउ परेलगत्तै विमानस्थल भन्सारलाई बुझाएका थियौँ । तर, अनुसन्धानका क्रममा धेरै खुल्ने देखिएपछि हामीले फेरि अनुसन्धानका लागि मागेका छौँ ।”

प्रहरी स्रोतका अनुुसार, पक्राउ परेका बाबुलालले उक्त सुन विकासको रहेको बयानमा पोलेका छन् । प्रहरीको अनुसन्धानले समेत सुनमा लगानी विकासले नै गर्ने गरेको देखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १५:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro