site stats
बाह्रखरी :: Baahrakhari
विदेश
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
पाकिस्तानी दूतावासका कर्मचारीले तलब पाएनन्
तस्बिर : फेसबुकबाट ।
Ghorahi CementGhorahi Cement

इस्लामावाद । डलर तरलता अभावका कारण विश्वका केही मुलुकमा खटिएका पाकिस्तानी दूतावासका कतिपय कर्मचारीले तलब पाएका छैनन् ।

डलर तरलता अभावका कारण कूटनीतिक नियोगमा कार्यरत प्रेस सहचारी र काउन्सिलरलाई केही महिनादेखि मासिक तलब भुक्तानी गर्न पाकिस्तानको अर्थ मन्त्रालय असफल भएको द न्युज इन्टरनेसनल अखबारले जनाएको छ ।

Dabur nepal
Agni Group

पाकिस्तानी अंग्रेसी दैनिक द न्युज इन्टरनेसनलका अनुसार अमेरिका, हङकङ र सिंगापुरमा खटिएका प्रेस सहचारी र काउन्सिलरले गएको जुन महिनादेखि तलब पाएका छैनन् ।

पाकिस्तानको अर्थ मन्त्रालयले देशको विदेशी मुद्राको सीमा समाप्त भइसकेको जनाएको छ ।

वासिङटन, हङकङ र सिंगापुरजस्ता अत्यधिक महँगो सहरमा काम गर्ने कूटनीतिक अधिकारीलाई चार महिनासम्म तलबबिना आफ्नो एवं परिवारको भरणपोषणमा कठिनाइ भएको छ ।

वास्तविक आवश्यकताअनुरूप विदेशी मुद्राको हिसाबमा सूचना मन्त्रालयले  रकम नछुट्ट्याउँदा यो समस्या उत्पन्न भएको बताइएको छ । गत आर्थिक वर्षमा पनि यस्तै प्रकृतिको समस्या उत्पन्न भएको थियो । तर, तत्कालीन अर्थमन्त्री इशाक दारले मन्त्रिपरिषद्को आर्थिक समन्वय समितिमा कर्मचारीका लागि पूरक अनुदानमार्फत तलब व्यवस्था गर्न निर्देशन दिएका थिए ।

केही कूटनीतिक कर्मचारीले अर्थ व्यवस्थापनको मानसिक तनाव पनि खेप्नुपरेको छ, किनकि उनीहरूका सन्तान अध्ययनरत विद्यालय एवं शैक्षिक प्रतिष्ठानले समयमा शुल्क नबुझाएमा परीक्षामा सामेल हुन नदिने चेतावनी दिएका द न्युज इन्टरनेसनलको समाचारमा उल्लेख छ । रासस/एनआई

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १६:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu