site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका तीनसहित चारजनाको हत्या

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित  गैह्रीगाउँमा चारजनाको हत्या भएको छ । हत्या हुनेमा दुई पुरुष र दुई महिला रहेको प्रहरीले जनाएको छ । 

गैह्रीगाउँस्थित दिव्य सः मिलभित्र खुकुरी प्रहार गरी हत्या भएको अवस्थामा चारजनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती करिब ५० वर्षकी अम्बिका भुजेल र आमा ७५ वर्षीया शुभद्रा भुजेल रहेका छन् । यस्तै मोरङका १९ वर्षका नवीन राईको मृत्यु भएको उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले बाह्रखरीलाई जानकारी दिए ।

कुमार दिव्य सः मिलको सुरक्षा गार्ड रहेको प्रहरीले बताएको छ । घटना गएराति ११ : ५५ बजे घटेको एआईजी थापाले जानकारी दिए । 

धनकुटाका वर्ष २४ का दीपेन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । घटनापछि भागेका उनलाई प्रहरीले पक्राउ गरेको हो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  ०६:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro