site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
जनमत साहित्य डटकमको तिज कविता वाचन कार्यक्रम

काठमाडौं । जनमत साहित्य डटकमले तिजको अवसर पारेर कविता वाचन कार्यक्रम आयोजना गरेको छ ।

ठमेलस्थित होटेल रमदामा कवि लक्ष्मी मालीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कविता वाचन कार्यक्रममा कवि विमला तुम्खेवा, भावना शर्मा, शकुन्तला जोशी, शान्ति शर्मा, तारा केसी, रेनु अधिकारी मौनता, सरला श्रेष्ठका साथमा विभिन्न क्षेत्रमा आफ्नो कर्म थलो बनाइ रहेका व्यक्तित्वहरूबाट कविता प्रस्तुत गरिएको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बाल रोग विशेषज्ञ डा. सिर्जना श्रेष्ठ,कलाकार सुनिता राणा, फेसन डिजाइनर मञ्जु ढकाल, गायिका तथा व्यक्तित्व विकास सम्बन्धी प्रशिक्षक कविता शर्मा, मिस वर्ल्ड युनिभर्सिटी २००३ का विजेता तथा सफ्ट स्किलका निर्देशक आयुषा श्रेष्ठ तथा मानव अधिकारकर्मी विद्या श्रेष्ठबाट लेखिएका कविताहरू वाचन गरिएको थियो । 

कार्यक्रम जनमत साहित्य डटकमकी सम्पादक सिर्जना दुवालले सञ्चालन गर्दै जनमत साहित्य डटकमले विभिन्न अवसर पारेर कार्यक्रमहरू गर्दै आइरहेको र आगामी दिनहरूमा पनि फरक शैलीको कार्यक्रम दिने बताइन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  २२:१६
प्रतिक्रिया दिनुहोस्