site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 यी प्रदेशमा छ आज भारी वर्षाको सम्भावना
फाइल तस्बिर
Siddhartha BankSiddhartha Bank

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज बिहान गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जनाएको छ । बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । 

विभागले दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने बताएको छ । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका  केही स्थानमा साथै कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा र मधेस प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Agni Group
NIC Asia

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ । वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानमा र बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Global Ime bank

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको छ । नेपालमा हाल भारतको दक्षिण–पूर्वी उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको विभागको भनाइ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  ०५:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय