site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री प्रचण्डद्वारा हाङझाव एसियाडमा सहभागी नेपाली टोलीको बिदाइ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले १९औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीको बिदाइ गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री प्रचण्डले टोलीलाई बिदाइ गरेका हुन् ।

केही खेलका खेलाडी वैदेशिक प्रशिक्षण र उपत्यका बाहिर प्रशिक्षणमा रहेकाले कार्यक्रममा उपस्थित थिएनन् । आगामी सेप्टेम्बर २३ देखि चीनको हानझावमा हुने १९औँ एसियाडमा कुल २९ खेलमा नेपालका २५३ खेलाडी सहभागी हुँदै छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले एसियाड गेमका लागि नेपाली खेलाडीलाई चीनमा राम्रो व्यवस्थापन भइसकेकाले चिन्ता नलिन आग्रह गर्दै ‘यस पटक नेपालले राम्रो गर्ने विश्वास व्यक्त गरे । उनले आफू पनि एसियाडको उद्घाटन सत्रमा सहभागी हुने जानकारी गराए ।

उनले खेलकुद मात्र यस्तो एउटा क्षेत्र हो जहाँ खेलमार्फत ठूला युद्ध र मानव सिर्जित विपत्तिहरू समाधान हुने बताए ।

सोही कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले तीन चरणको छनोट प्रतियोगिताबाट स्वदेश र विदेशमा प्रशिक्षण गरी तयारी गरेका नेपाली खेलाडीले १९औँ एसियाडमा सुखद नतिजा ल्याउने विश्वास व्यक्त गरे ।

सदस्यसचिव घिसिङले नेपाली खेलाडीहरुको तयारी राम्रो रहेको उल्लेख गर्दै नतिजा पनि सुखद हुने विश्वास व्यक्त गरेका हुन् ।

एसियाडकै तयारीका क्रममा नेपाली खेलाडीले अन्तर्राष्ट्रिय एक्सपोजर पनि पाएको र चरणबद्ध प्रशिक्षणको तयारी पनि राम्रो भएकाले सुखद नतिजा आउने सदस्यसचिव घिसिङले बताए ।

युवा तथा खेलकुदमन्त्री डिगबहादुुर लिम्बूले सिंगो नेपाली जनता खेलाडीहरुको साथमा रहने उल्लेख गर्दै उच्च मनोबलका साथ प्रदर्शन गर्न प्रोत्साहन गरे ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न जाँदा नेपाली खेलाडी विमानस्थलमा घन्टौँसम्म लाइनमा बस्नुपर्ने दुखद अवस्था सिर्जना हुँदै आएकाले आगामी दिन उनीहरुका लागि रातो पासपोर्ट बनाउने प्रस्ताव आफूले अगाडि बढाउने मन्त्री लिम्बूले बताए ।

हाङझाव एसियाडमा ४५ राष्ट्रका १२ हजार ५०० खेलाडीले कुल ४० खेलमा चार ८१ विधामा चुनौती प्रस्तुत गर्दैछन् ।

नेपालका तर्फबाट १२७ महिला र १२६ पुरुष खेलाडीले चुनौती प्रस्तुत गर्ने छन् । बिदाइका अवसरमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले कुनै पनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अगाडि समयमा नै सरकारद्वारा बजेटको सुनिश्चिता भएर नेपाली खेलाडीले तयारी गर्न पाए उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गरे ।

राखेपले विगतको प्रदर्शन र वर्तमानको नतिजाको आधारमा तेक्वान्दो, कराते र बक्सिङका खेलाडीलाई पहिलो प्राथमिकतामा राखेर तयारी गर्दै आएको थियो ।

नेपाली टोलीको सेफ दी मिसनमा सदस्यसचिव घिसिङ तथा डेपुटी सेफ दी मिसनमा राखेप बोर्ड सदस्य अन्जन धमला र ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्दराज वैद्य छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  २२:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro