site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चिकित्सक कुटपिटमा संलग्न भएको आरोपमा मृतकका छोरा र भतिज पनि पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । हेटौँडाको सन्चो हस्पिटल भित्र पसेर चिकित्सकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले थप दुईजनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

मृतक राजेश प्रधानका छोरा रोहित र भतिज अनुप प्रधानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालले बताए ।

प्रहरीले राजेशकी श्रीमती रमा र छोरी रमितालाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । प्रारम्भिक अनुसन्धानबाट अस्पताल व्यवस्थापनसँग कुराकानी गर्न आएका उनीहरू उपचारमा संलग्न चिकित्सकलाई देखेपछि आक्रामक भएको र हातपातमा उत्रिएको पाइएको रिजालले बताए ।

अस्पतालका चिकित्सकहरू डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बुधबार दिउँसो सामूहिक कुटपिट भएको थियो ।

गत साउन २५ गते डेंगी संक्रमित हेटौँडा–१२ का ४१ वर्षीय प्रधानको परीक्षणका क्रममा लापरबाही गरेको आरोपमा चिकित्सकहरूमाथि आक्रमण भएको हो । सन्चोबाट रिफर भएका उनको मृत्यु भने डेंगीबाट चितवनस्थित चितवन मेडिकल कलेजमा भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १६:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro