site stats
बाह्रखरी :: Baahrakhari
देश
बैतडीमा अज्ञात समूहले गर्‍यो विद्यालयमा आगजनी
प्रतीकात्मक तस्बिर ।

बैतडी । बैतडीको एक विद्यालयमा आगजनी गरिएको छ । दशरथचन्द नगरपालिका–६, थालिगडास्थित कालिका माविमा अज्ञात समूहद्वारा आगजनी गरिएको हो ।

कार्यालयको कोठामा रहेका कागजपत्र आगजनी गर्ने समूहले जलाएर नष्ट गरेको विद्यालयका प्रधानाध्यापक पदमराज लेखकले जानकारी दिए । रातिको समयमा कार्यालयको ढोका फुटाएर भित्र रहेका कागजपत्र ग्यालरीमा ल्याएर जलाइएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“बिहान विद्यालय आउँदा कागजपत्र जलाएको अवस्थामा भेटिए,” उनले भने, “आगजनीबाट सर्टिफिकेट, बैंकमा दाखिला गरेका भौचर, रजिस्टर, दर्ता चलानीलगायत महत्त्वपूर्ण कागजपत्र नष्ट भएका छन्, कसले र किन आगजनी गरे भन्ने खुल्न सकेको छैन ।”

आगजनीबाट भएको क्षतिको विवरण र आगजनी गर्ने समूहको खोजीका लागि प्रहरीमा निवेदन दिइएको विद्यालयले जनाएको छ ।

यस्तै, विद्यालयनजिक रहेको उद्धवसिंह कार्कीको किराना पसलमा चोरी गरिएको छ । पसलबाट नौ हजार ३०० रुपैयाँबराबरको सामानको चोरी भएको छ ।

विद्यालयमा आगजनी र पसलमा चोरी गर्ने समूहको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । रासस

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १३:४७
प्रतिक्रिया दिनुहोस्