site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
थाइल्यान्डले चीन र कजाखस्तानका पर्यटकलाई भिसाबिनै प्रवेश दिने

काठमाडौं । थाइल्यान्डले पर्यटन उद्योगको विकासका लागि वर्षको अन्त्यमा चीन र कजाखस्तानका पर्यटकहरुलाई बिनाभिसा प्रवेश दिने भएको छ ।

चीन र कजाखस्तानका पर्यटकहरुका लागि अस्थायी भिसा छुट दिने प्रस्ताव अनुमोदन भएको हो ।

थाई प्रधानमन्त्री श्रेथा थाभिसिनले बुधबार यो नीतिले चिनियाँ र कजाखस्तानका पर्यटकलाई सेप्टेम्बर २५ देखि फेब्रुअरी २०२४ को अन्त्यसम्म भिसा आवश्यक नपर्ने बताए । यस अवधिपछि त्यसको प्रभाव मूल्यांकन हुने उनले बताए ।

नयाँ नीतिबाट थाइल्यान्डले यस वर्ष २८ मिलियन विदेशी पर्यटक भित्र्याउने सोच राखेको छ । उनीहरुबाट ३९.१५ बिलियन अमेरिकी डलर राजस्व कमाउने अपेक्षा गरेको छ ।

कुल पर्यटन राजस्वमा ८६.६८ बिलियन अमेरिकी डलरसहित २०२४ मा देशमा पर्यटकको संख्या चार करोड पुग्ने अनुमान छ । थाइल्यान्डमा देशको कुल गार्हस्थ्य उत्पादनको करिब १२ प्रतिशत पर्यटनले ओगटेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १३:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro