site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंका यी अस्पतालमा चलिरहेका छन् ओपीडी, वीर र ट्रमा सेन्टरमा बन्द
Sarbottam CementSarbottam Cement

काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनको शोकमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । बिदासँगै केही अस्पतालहरुले ओपीडी सेवा बन्द गरेका छन् भने केहीमा यो सेवा सुचारु छ ।

वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र कान्ति बाल अस्पतालले आज ओपीडी सेवा पूर्ण रुपमा बन्द गरेका छन् । यी अस्पतालमा इमर्जेन्सी तथा इनडोर सेवा भने सुचारु छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा बिहान १० बजेसम्म ओपीडी सुचारु गरी बन्द गरिएको छ । अस्पतालमा प्रसूति तथा अन्य सेवाहरु सुचारु छन् ।

त्रिवि शिक्षण अस्पताल भने आज बन्द छैन । प्रशासनिकबाहेक सम्पूर्ण सेवा सुचारु रहेको अस्पतालले जनाएको छ ।

Global Ime bank

त्यस्तै, पाटन र तिलगंगा आँखा अस्पतालमा पनि ओपीडीलगायत सबै सेवा सुचारु रहेको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १२:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement