site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
सिप्रदी अटो पार्ट्स र डायनामिक टेक्नोसफ्टबीच सफ्टवेयरका लागि सम्झौता
Ghorahi CementGhorahi Cement

काठमाडौं । सिप्रदी अटो पार्ट्स र डायनामिक टेक्नोसफ्टबीच सफ्टवेयर उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ । 

यससँगै डायनामिक टेक्नोसफ्टले टाटाको जेन्युइन पार्टपुर्जा र टाटा मोटर्स जेन्युइन आयलका खुद्रा बिक्रेताहरूलाई ईआरपी सफ्टवेयर उपलब्ध गराउने छ ।

Dabur nepal
Agni Group

टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको नेपालकै एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पार्टस् हो ।

सिप्रदी अटोपार्टस्का वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी र डायनामिक टेक्नोसफ्टका निर्देशक सन्दीप केसीले सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका इन्टरनेसनल बिजनेस हेड राकेश मित्तलको विशेष उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौताको पहिलो चरणमा काठमाडौंका चार खुद्रा व्यापारी, श्रेया मोटर पार्टस्, बिजेता अटो पार्टस्, कालीदेवी सेतीदेवी मोटर पार्टस् र पाँचखाल अटो स्पेयरलाई ईआरपी सफ्टवेयर दिइएको छ ।

यो सफ्टवेयर प्रयोग गरेर खुद्रा बिक्रेताहरूले खाता र स्टक व्यवस्थापन गर्न मद्दत प्राप्त गर्ने कम्पनीले जनाएको छ । यो सफ्टवेयर खुद्रा विक्रेताहरूको लागि व्यापार वृद्धि र व्यवस्थापनको लागि माइलस्टोन हुने कम्पनीको विश्वास छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu