विदेश
काठमाडौं । लिबियामा बाढीका कारण मृत्यु हुनेको संख्या तीन हजार ६० पुगेको छ ।
पूर्वी सहर डेरनामा आइतबार आएको बाढीका कारण पाँच हजार २०० जना बेपत्ता छन् ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले लिबियाको बाढीका कारण ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गरेका छन् ।
गुटेरेसका प्रवक्ता स्टेफेन डुजारिकले नियमित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराएका हुन् ।
ड्यानियल आँधीका कारण भएको मानवीय र धनको क्षतिमा संघ दुःखी भएको प्रवक्ताले बताए ।
उनले आफूहरू लिबियालाई सहयोग गर्न तयार रहेको बताए ।
प्रकाशित मिति: बुधबार, भदौ २७, २०८० १७:०४
प्रतिक्रिया दिनुहोस्