site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा तीनजना पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा काठमाडौंबाट तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौंको टेकु बस्ने दैलेखको भगवतीमाई गाउँपालिका–६ घर भएका २२ वर्षीय लक्ष्मीराम रोकायासमेत तीनजना रहेका छन् ।

उनीहरूलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–१२, भोटेवहालस्थित छाउनी बस्ने दैलेखको भगवतीमाई गाउँपालिका–६ घर भएका ३५ वर्षीय हिक्मत थापाको होटेल रोटोमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद तीन लाख ७१ हजार २०० रूपैयाँ र १६ बुक ताससहित पक्राउ गरिएको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  २०:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro