देश

काठमाडौं । मोरङमा आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
सुन्दरहरैचा नगरपालिका–३, आइतबारे बस्ने ४८ वर्षीय साइला भन्ने जीतबहादुर तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
ती बालिकालाई भदौ १७ गते बिहान तामाङले बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गछियामा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८० २०:३५
प्रतिक्रिया दिनुहोस्