site stats
बाह्रखरी :: Baahrakhari
देश
डोल्पाको भेरी नदीमा पुरुषको शव फेला, मेजर पण्डितको भएको आशंका
फाइल तस्बिर ।

काठमाडौं । डोल्पास्थित भेरी नदीको कपरगाडमा एक पुरुषको शव फेला परेको छ । उक्त शव नेपाली सेनाको नन्द बक्स गुल्मका प्रमुख विमल पण्डितको भएको आशंका गरिएको छ ।

डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञवालीले शव फेला परे पनि पहिचान हुन नसकेको बताए ।

"शव फेला परेको छ । केही दिनदेखि हराइरहेका मेजरको हो कि भन्ने आशंका छ । शवको पहिचानको लागि सेना र प्रहरीको टोली शव भेटिएको स्थानमै छन्," सहायक प्रमुख जिल्ला अधिकारी ज्ञवालीले भने ।

शव मंगलबार साँझ फेला परेको हो । भदौ १० गतेदेखि सम्पर्कविहीन भएका मेजर पण्डितको अवस्था अझै अज्ञात छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १८:०७
प्रतिक्रिया दिनुहोस्