site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शरद् ऋतुमा हिमाल आरोहण गर्न २८४ जनाले लिए अनुमति, कति उठ्यो रोयल्टी ?
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । शरद् ऋतुमा हिमाल आरोहण गर्न २८४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार विभिन्न ४८ देशका २८४ जनाले अनुमति लिएका हुन् ।

सेप्टेम्बर ८ (भदौ २२) सम्म सबैभन्दा धेरै चीनका आरोहीले अनुमति लिएका छन् । हालसम्म चीनबाट १८ महिला र ४९ पुरुष गरी ६७ जनाले अनुमति लिएका छन् । 

यस्तै, धेरै अनुमति लिने दोस्रो स्थानमा अमेरिका रहेको छ । हालसम्म सात महिला र २३ पुरुष गरेर ३० जना अमेरिकीले आरोहणका लागि अनुमति लिएको विभागले जनाएको छ ।

रोयल्टी कति उठ्यो ?

आरोहीहरूबाट हालसम्म तीन करोड चार लाख ६६ हजार ९३० रुपियाँ रोयल्टी संकलन भएको छ । सबैभन्दा धेरै रोयल्टी मनास्लु हिमालबाट संकलन भएको छ । विभागका अनुसार मनास्लुबाट दुई अर्ब ९८ करोड ६५ लाख ३७५ हजार रुपियाँ संकलन भएको छ । 

यस्तै, कञ्चजङ्घा हिमालबाट एक लाख ९८ हजार, पुथा हिमचुलीबाट एक लाख ६५ हजार १२५ रुपियाँ, रक्षा उराई हिमालबाट एक लाख पाँचहजार ६८० रुपियाँ रोयल्टी संकलन भएको छ ।

हिमलुङ हिमालबाट ६६ हजार ३७५ रुपियाँ र निमजुङबाट ६६ हजार ३७५ रुपियाँ रोयल्टी संकलन भएको विभागले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १७:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro