काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभा अध्यक्ष, नेकपा (एमाले)का उपाध्यक्ष एवं सांसद सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
मंगलबार दिउँसो ललितपुरको च्यासलस्थित एमाले मुख्यालय प्रांगणमा राखिएको उनको पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्डले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
यस्तै, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपप्रधानमन्त्री, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेताहरू, सांसदहरूले पनि दिवंगत नेता नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरे ।
यसअघि, एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उनको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर सम्मान व्यक्त गरेका थिए ।
संविधानसभा अध्यक्षका रूपमा नेपालको संविधान निर्माणमा नेम्वाङले पुर्याएको योगदानको उच्च प्रशंसा हुने गरेको छ । उनको आज बिहान निधन भएको हो । नेम्वाङको पार्थिव शरीर भोलि दिउँसोसम्म च्यासलमै राखिनेछ ।
थप तस्बिर हेर्नोस्–