site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
Ghorahi CementGhorahi Cement

संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको असामयिक निधनबाट समसामयिक राजनीतिमा अपूरणीय क्षति भएको छ । नेपालको राजनीतिमा सन्तुलनकारी र संयमीको पहिचान बनाएका नेम्वाङलाई नेपालको संविधान, २०७२ रहुन्जेल सधैँ स्मरण गरिनेछ । 

अध्यक्ष नेम्वाङको निधनसँगै नेपालको संविधान, २०७२ को निर्माणमा प्रमुख आधिकारिक भूमिकामा रहेकाहरू बाँकी रहेनन् । संविधान जारी हुँदाका बखतका प्रधानमन्त्री सुशील कोइरालाको २०७२ मै देहावसान भएको थियो । 

Dabur nepal
Agni Group

नेम्वाङको निधनपछि व्यक्त शोकले उनको लोकप्रियताको पनि पुष्टि हुन्छ । उनलाई समकालीन नेपाली समाज र सहकर्मीहरूले सरल, शालीन एवं समन्वयकारी राजनीतिक नेताका रूपमा चिनेका थिए । 

सम्भवतः सुवासचन्द्र नेम्वाङ संविधान सभाको अध्यक्ष नभएका भए नेपालको संविधान, २०७२ पनि सहजरूपमा पारित हुनसक्ने थिएन । उनले संविधान सभाका बैठकमा देखाएको सुझबुझ र धैर्यको उतिबेलै पनि सराहना गरिएको थियो ।

नेकपा ९एमाले०का अध्यक्ष खड्गप्रसाद ओलीले ‘पटकपटक संसद् भङ्ग गर्ने असंवैधानिक’ निर्णय गर्दा भने कानुनविद् भए पनि नेम्वाङ मौन रहे । यस मौनबाट भने उनका प्रशंसकहरू पनि निराश भएका थिए ।

परन्तु, सुवासचन्द्र नेम्वाङका कमजोरीलाई उनको गुणले जितेको छ । नेपालीले अब नेम्वाङलाई एमालेका कमजोर नेताका रूपमा होइन सुझबुझ र संयम भएका शालीन राजनीतिकर्मीका रूपमा सम्झिनेछन् ।

उनीपछि व्यवस्थापिकाको नेतृत्व गर्नेहरूको विवादास्पद छविले लामो राजनीतिक जीवनमा कुनै कलङ्क नलागेका सुवासचन्द्र नेम्वाङको व्यक्तित्व अब झन् चहकिलो हुनेछ । निकट भविष्यमा उनको अभाव पूरा हुने सम्भवना पनि त देखिँदैन ।  

राजनीतिमा ‘विभाजक आक्रामकता’ बढ्दै गएको समयमा नेम्वाङजस्ता सरल समन्वयकारी नेताको अभाव पनि झन् बढी खट्किनेछ ।  सरल र शालीन राजनीतिक नेता सुवासचन्द्र नेपाललाई हार्दिक श्रद्धाञ्जलि ! 
 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १२:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
शिक्षकहरू विद्यालयमै फर्क !
शिक्षकहरू विद्यालयमै फर्क !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu
Hamro patroHamro patro