site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राजकीय सम्मानका साथ सुवास नेम्वाङको अन्त्येष्टि गरिने, बिदा पनि दिइने 

काठमाडौं । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङको आज निधन भएको थियो ।

मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको पर्यटनमन्त्री सुदन किराँतीले जानकारी गराए । उनका अनुसार विदेशमा रहेका छोराहरू आएपछि मात्रै अन्त्येष्टि गरिने तयारी भएकाले  सोही दिन  सार्वजनिक बिदा दिने निर्णय भएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

संविधान निर्माण प्रक्रियामा उनले गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

सरकारले उनको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको शर्माले बताइन् ।

अन्त्येष्टि हुने दिन नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय भएको उनले जानकारी दिइन् ।

संविधानसभा अध्यक्ष नेम्वाङको मंगलबार बिहान निधन भएको हो ।

 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १०:५०
प्रतिक्रिया दिनुहोस्