site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुवास नेम्वाङ नेपालको संविधान आफैँ लेख्ने हो भन्नेमा प्रतिवद्ध र राष्ट्रवादी नेता : कृष्ण सिटौला 

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले नेपालको संविधान आफैँ लेख्नुपर्छ भन्ने राष्ट्रवादी नेता सुवास नेम्वाङको निधनले राष्ट्रलाई नै क्षति पुगेको बताएका छन् ।

बाह्रखरीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।  यस्तो छ सिटौलाले बाह्रखरीसँग गरेको कुराकानीको सम्पादित अंश :
 

उहाँ मेरो अत्यन्त नजिकको हार्दिक मित्र हो । हामी पूर्व एकैतिरका हौँ । लगभग एउटै जिल्लाजस्तो पनि हो । झापा र इलाम एकैतिर भएकाले पनि हामी एउटैजस्तो भएका हौँ । उहाँ एकदमै सहयोगी भावनाको मानिस हो । नरम प्रकृतिको पनि ।

जनआन्दोलन २०६२–६३ का बेलामा नेकपा एमालेबाट आन्दोलनको कार्यदलमा निरन्तर उहाँ नै हुनुहुन्थ्यो । कांग्रेसबाट म थिएँ । आन्दोलनका सबै कार्यक्रममा सँगै थियौँ । लोकतान्त्रिक आन्दोलनमा उहाँको भूमिका महत्त्वपूर्ण थियो । 

आन्दोलन सफल भएपछि संविधानसभाको निर्वाचन भयो । संविधानसभामा सबै समितिलाई समन्वयकारी भूमिका निर्वाह पनि उहाँले अध्यक्षको नाताले गर्नुभयो ।  पहिलो संविधानसभा असफल हुँदा खिन्न देखिनुहुन्थ्यो । उहाँ दोस्रो संविधानसभामा अध्यक्ष भइसकेपछि महत्त्वपूर्ण कार्य गर्नुभयो । 

मस्यौदा समितिको काम सकेर विधेयक ल्याइसक्दा उहाँले तत्कालै विधेयक बुझेर छलफलको लागि सभासमक्ष पेस गर्नुभयो । अरु कोही पनि अध्यक्ष भएको भए ढिलाई गर्न पनि सक्थे । नेपालले आफ्नो संविधान आफैँ बनाउनुपर्छ भन्ने मान्यतामा हुनुहुन्थ्यो । देशभक्त नेता हो । राष्ट्रवादी चिन्तक हो । 

आफ्नो पार्टीमात्रै होइन अरु पार्टीका पनि प्रिय हुनुहुन्थ्यो । नेपालको समग्र विकासमा सबैले मिलेर काम गर्नुपर्छ भन्ने उहाँको मान्यता थियो ।

एकाध दिनअघि पनि लामो कुरा गरेको थिएँ । जतिबेला शान्ति प्रक्रिायाका विषय टुंगोमा पु¥याउन बाँकी छ । परिवर्तन बमोजिम बनेको संविधानका काम अझै बाँकी छ । द्रूत गतिमा काम गर्नुपर्छ भन्ने मान्यता थियो । यसले एमालेलाई मात्रै होइन सिंगो देशलाई अपुरणीय क्षति भएको छ ।
उहाँलाई नेपाली जनताले सधैँ नै स्मरण गर्नेछ । उहाँलाई जति प्रशंसा गरे पनि पुग्दैन । हार्दिक श्रद्धान्जली र परिवारजनमा समवेदना ।

 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  ०९:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro