site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न कोसी सरकारको अपिल
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

मोरङ । कोसी प्रदेश सरकारले सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न प्रदेशवासीसमक्ष अपिल गरेको छ । कोसी प्रदेश सरकारका प्रवक्त तथा खानेपानी, सिँचाइ तथा ऊर्जा एवं स्वास्थ्यमन्त्री तिलकुमार मेयाङ्बो (लिम्बू)द्वारा आज जारी विज्ञप्तिमा केही समययता कोसी प्रदेशको धरानलगायत केही स्थानमा भएका घटनालाई लिएर सामाजिक एकता र सद्भावलाई बिथोल्ने गरी सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट शृङ्खलाबद्धरूपमा आइरहेका अभिव्यक्ति र सञ्चार सामग्रीप्रति चिन्ता प्रकट गरिएको छ ।

विज्ञप्तिमा विगत केही समययता कोसी प्रदेशको धरानलगायत केही स्थानमा भएका घटनालाई लिएर विभिन्न जातजाति, धर्म र सम्प्रदायबीचको सुसम्बन्धलाई खलल पार्ने, धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावलाई बिथोल्ने गरी सामाजिक सञ्जाल र अन्य माध्यमबाट शृङ्खलाबद्धरूपमा आइरहेका अभिव्यक्ति र सञ्चार सामग्रीप्रति कोसी प्रदेश सरकार चिन्ता प्रकट गर्दै सामाजिक तथा धार्मिक सद्भावका लागि अपिल गरिएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको र नेपालको संविधानले समेत प्रत्येक व्यक्तिलाई आफ्नो आस्था अनुसारको धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता प्रदान गरेको उल्लेख गर्दै परापूर्वकालदेखि रहँदै आएको धार्मिक सहिष्णुता र सामाजिक सद्भाव बिथोल्ने गरी व्यक्त गरिने यस प्रकारका अभिव्यक्ति तथा गतिविधि हामी कसैको हितमा नभएको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा विषयको संवेदनशीलता र गाम्भीर्यतालाई ध्यानमा राखी प्रदेशभित्रका सबै राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक तथा जातीय सङ्घसंस्था, सामाजिक सञ्जालका प्रयोगकर्ता र समाजका अग्रज व्यक्ति एउटै थलोमा उभिएर हातेमालो गर्दै सबै धर्म, जाति एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने महान् कार्यमा जुट्न विज्ञप्तिमार्फत कोसी प्रदेश सरकारले अपिल गरेको छ । रासस

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  २३:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro