site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस–माओवादीले जे भन्छ एकीकृत समाजवादीले त्यही गर्छ भन्ने धारणा फेर्नुपर्छ : भुसाल
फाइल तस्बिर ।

विराटनगर । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले आफ्नो पार्टीले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले जे भन्छ त्यही गर्छ भन्ने धारणामा परिवर्तन आवश्यक रहेको बताएका छन् ।

आइतबार विराटनगरमा एकीकृत समाजवादी कोसी प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकमा उनले भने, “एकीकृत समाजवादीले के गर्छ त भन्दा कांग्रेस र मओवादीले जे भन्छ त्यही गर्छ, यस्तै धारणा छ । गठबन्धन छ, गठबन्धनको सबैभन्दा सानो शक्ति हामी हौँ ।”

क्रान्ति गर्नका लागि सक्षम क्रान्तिकारी पार्टी चाहिने उनले बताए । “आफ्नो आवश्यकतालाई पूरा गर्नुपर्छ, अब त्यो आवश्यकता पूरा गर्न अब महाधिवेशनमा जानुपर्छ । विचार र सिद्धान्ततः संगठनमा मिलेर आफूले आफैँलाई नियुक्त गरेका केन्द्रीय कमिटी पदाधिकारी लामो समय रहेर एउटा व्यवस्थित पार्टी बन्दैन,” उनले भने ।

सबै असन्तुष्टिको सम्बोधन र व्यवस्थित गर्ने विधि महाधिवेशन भएको उनले स्पष्ट गरे । महाधिवेशनबाट संगठन दर्विलो हुने उनले उल्लेख गरे । आउँदो माघ १४ देखि १८ गतेसम्मका लागि पार्टी महाधिवेशनको मिति तोकिएको उनले बताए ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १६:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro