site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘इन्डष्ट्रियल अटोमेसन’ तालिम सम्पन्न

विराटनगर । उद्योग संगठन मोरङले आयोजना गरेको ‘वकर्स फरदर ट्रेनिङ’अन्तर्गत उद्योग प्रतिष्ठानमा कार्यरत प्राविधिकहरुको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले २५ दिने इन्डष्ट्रियल अटोमेसन तालिम सम्पन्न भएको छ ।

तालिमको समापनमा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै संगठनका अध्यक्ष राकेश सुरानाले औद्योगिक विकासका लागि पुँजी, प्रविधिका साथै श्रमिकको दक्षता विकास समानान्तर रुपमा हुनुपर्ने धारणा राखे । उनले भने, “परिवर्तित प्रविधिलाई आत्मसात गरी व्यावसायिक तालिमको माध्यमबाट श्रमिकको समयसापेक्ष दक्षता अभिवृद्धि गर्नुपर्छ ।”

प्राविधिक क्षेत्रमा देखिएको दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्न संगठनले आगामी दिनमा थप उद्योगको आवश्यकताका आधारमा पाठ्यक्रम तयार गरी तालिम सञ्चालन गर्ने सुरानाले बताए ।

संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले पेशाकर्मीहरुको ज्ञान र सीप अभिवृद्धि गरी हाल गर्दे आएको कार्यलाई थप परिस्कृत रुपमा गर्न यस प्रकारको तालिम सहयोग पु¥याउने बताए । उनले भने, “श्रमिकको कार्यसम्पादन क्षमतामा सुधार ल्याउनुपर्छ ।”

सैद्धान्तिक र प्रयोगात्मक गरी दुई सत्रमा विभाजित तालिम २५ दिनसम्म सञ्चालन भएको थियो । तालिममा डिजिटल पावर इलेक्ट्रोनिक्स, प्रोसेस कन्ट्रोल, रिले कोआर्डिनेसन, पीएलसी, भीएफडी, सेन्सर, सर्भो सिस्टमलगायतका विषय समेटिएको थियो ।

त्यस्तै, संगठनले हेल्भेटास, इन्स्योर परियोजनाको सहकार्यमा आइतबारदेखि २५ दिने इन्स्ट्रमेन्टेसन तालिम प्रारम्भ गरेको छ । तालिममा विभिन्न उद्योगका २० जना प्राविधिक सहभागी छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १६:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro