site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी प्रदेश सरकार गठनमा कांग्रेसले जिम्मेवार भूमिका खेलोस् : एमाले
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले कोसी प्रदेश सरकार गठनका लागि नेपाली कांग्रेससँग छलफल भइरहेको बताएका छन् ।

आइतबार सिंहदरबारमा प्रधानमन्त्रीले आसन्न अमेरिका र चीन भ्रमणबारे छलफल गर्न बोलाएको बैठकमा उनले पहिलादेखि नै कांग्रेस र एमाले मिलेर कोसी प्रदेश सरकार निर्माण गर्नुपर्छ भनेको बताए । उनले ठूलो पार्टीलाई निषेध गरी संविधान मिच्ने काम सत्ता गठबन्धनबाट भएको बताए ।

Dabur Nepal
NIC Asia

प्रदेशप्रतिको वितृष्णा बढेर जाने र नयाँ चुनावमा जानुपर्ने स्थिति अहिले नै आउँदा देशको अर्थतन्त्रमा समस्या पर्ने भन्दै उनले कांग्रेसले समाधानको बाटोमा जानुपर्ने बताए । उनले प्रदेशको हित र संविधानको रक्षाका कांग्रेसले जिम्मेवारीपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

“संविधान मिच्ने काम भए । त्यसको परिणाम आज हामीले भोगिरहेका छौँ । अब पनि त्यही बाटोमा जाने हो भने या त प्रदेशप्रतिको वितृष्णा बढेर जान्छ, या त त्यसको समाधानका लागि नयाँ चुनावमा जानुपर्ने स्थिति हुन्छ,” उनले भने, “जुन दुवै कुरा हाम्रो प्राथमिकतामा छैन । नेपाली कांग्रेसले जिम्मेवार भूमिका खेलोस् । हामी प्रारम्भिक चरणको कुराकानीमा छौँ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १२:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro