site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बीपीलाई यसरी सम्झिए देउवाले

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा समाजवादोन्मुख राष्ट्र भनेर लेखिए पनि त्यसको मर्मअनुरूप देशलाई अघि बढाउन नपाएको बताएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बीपी साहित्य महोत्सवको उद्घाटन गर्दै उनले समाजवाद र राजनीतिक विचार तथा साहित्यका विषयमा बीपीका विचारको बहस गराउन नसक्नु कांग्रेसको ठूलो कमजोरी भएको बताए ।

“नेपाल समाजवादउन्मुख राष्ट्र भनेर संविधानमा लेखेका छौँ, तर यसको मर्मअनुसार अभ्यास गर्न पाएका छैनौँ । नागरिकको समस्या र असन्तुष्टि, समाजमा देखिएका विविध विसंगतिलाई बीपीका आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक, राजनीतिक विचारले मात्र समाधान गर्न सम्भव छ भन्ने दृढ विश्वास भए पनि उहाँको विचारलाई हरेक पुस्तका नागरिकबीच पर्याप्त बहस र छलफल गराउन नसक्नु कमजोरी भएका छन्,” देउवाले भने ।

बीपी अन्तर्राष्ट्रियस्तरमा समेत राजनीतिक विचारक र नेपाली समाजमा सबै किसिमका विभेदविरुद्ध ‘आगो ओकल्ने’ तथा नागरिक समावेशीता, नागरिकको न्यायिक समानता र स्वतन्त्रताको पक्षमा लड्ने व्यक्ति भएको उनले बताए ।

उनलाई भेट्न जाँदा ‘ठूलो मान्छे हैन, असल मान्छे बन्नू’ भनेको स्मरण गर्दै देउवाले बीपी मार्क्स र गान्धीलाई गहिरिएर अध्ययन गरेका नेता भएको उल्लेख गरे ।

“उहाँ अहिंसा लोकतन्त्रको सन्दर्भमा गान्धीसँग निकट हुनुहुन्थ्यो भने आर्थिक समानताका विषयमा मार्क्सवादी चिन्तलाई आवश्यक ठान्नुहुन्थ्यो,” देउवाले भने ।

बीपीका राजनीतिक, साहित्यिक, जेलमा भोग्नुपरेको जीवन, सामाजिक तथा आर्थिक, धार्मिक, सांस्कृतिक पक्षको आजको पुस्तलाई ज्ञान बाँड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए ।

“बीपी आफैँमा बहुआयामिक तथा अनुकरणीय राजनीतिक विचारक हुनुहुन्थ्यो,” उनले भने, “साहित्यमा अजरअमर नक्षत्रको रूपमा आज पनि स्थापित हुनुहुन्छ ।”

सभापति देउवाले सबै दलहरूले कुनै न कुनै रूपमा बीपीको अनुशरण गरेको जिकिर गरे । उनले बीपी विचारले मुलुक समृद्ध बन्ने पनि बताए ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १२:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro