विदेश
काठमाडौं । दक्षिणी टर्कीको कहरमनमारस प्रान्तमा अन्तिम संस्कारमा सहभागी भएका मानिसलाई ट्रकले ठक्कर दिँदा पाँचजनाको मृत्यु भएको छ । २५ जना घाइते भएका छन् ।
कहरामनमारस–अन्डिरिन राजमार्गमा अन्तिम संस्कारमा सहभागी उनीहरूलाई ट्रकले ठक्कर दिएको थियो । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।
टर्कीमा सडक सुरक्षा कमजोर छ । आधिकारिक तथ्यांकानुसार गत वर्ष एक लाख ९७ हजारभन्दा बढी सवारी दुर्घटनामा पाँच हजार २२९ जनाले ज्यान गुमाएका थिए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८० ०९:३१
प्रतिक्रिया दिनुहोस्