site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यी जिल्लाका नदीमा आज बहाव बढ्ने
डडेलधुरास्थित महाकाली नदीको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । देशका अधिकांश ठूला नदीमा आज पानीको बहाव सामान्य घटबढ हुने पूर्वानुमान छ । केही साना नदीमा बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस दिन संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पाल्पा, म्याग्दी, सल्यान, रुकुम पश्चिम, जाजरकोट, डोल्पा, मुगु, अछाम, बझाङ, दैलेख, कालीकोट, बाजुरा, डोटी, बैतडी, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा र दार्चुला भई बहने केही साना नदीमा बहाव सामान्य बढ्न सक्ने महाशाखाको पूर्वानुमान छ । 

अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, वाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा जलसतह सामान्य बढ्ने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  ०९:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro