काठमाडौं । जैन दीपिका ग्यारेटले एसियन पेन्ट मिस युनिभर्सको उपाधि जितेकी छन् ।
उमंग क्रियसनले आयोजना गरेको चौथो सिजनको मिस युनिभर्स नेपाल २०२३ को उपाधि दीपिकाले हात पारेकी हुन् ।
गोदावरीको कन्फेन्स सेन्टरमा आयोजित एक समारोहका बीच मिस युनिभर्स २०२३ को फिनालेमा २१ जना प्रतिस्पर्धीलाई पछि पार्दै दीपिका विजयी भएकी हुन् ।
त्यस्तै, फष्ट रनरअप गरिमा घिमिरे, सेकेन्ड रनरअप बुद्धिसारा सुनारा, तेस्रो रनरअप सीतास्मा पोख्रेल र चौथो रनरअप अभिलासा लम्साल भए ।
विजयी प्रतिस्पर्धीलाई २०२२ का मिस युनिभर्स नेपालको विजयी प्रतिस्पर्धा सोफिया भुजेलले ताज पहिराएकी थिइन् ।
प्रतिस्पर्धीहरूलाई विभिन्न १२ विधामा पुरस्कृत गरिएको थियो । विजयी प्रतिस्पर्धीले एल साल्भा डोरमा हुने मिस युनिभर्स नेपालको अन्तराष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
प्रतियोगितामा टप टेन, टप फाइभ प्रतिस्पर्धीहरू छनोट गर्दै विजेता छनोट गरेको हो । जसमा विभिन्न विधागत हिसाबमा प्रतिस्पर्धीलाई पुरस्कार एवं विषयगत टाइटलमा अवार्ड प्रदान गरेको थियो ।