काठमाडौं । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली भइ केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्यतया बदली भइ एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।
लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुईस्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।