देश
काठमाडौं । केही नदी तथा खोलामा आज जलसतह बढ्ने सम्भावना रहेको छ । झापा, मोरङ, सुनसरी, संखुवासभा, पाँचथर, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट भएर बहने नदी तथा खोलामा बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
मकवानपुर, चितवन, नवलपरासी, गोरखा, लमजुङ, कास्की, पाल्पा, बाँके, बर्दिया, कैलाली, कन्चनपुर, डोटी, डडेलधुरा, बाजुरा, बझाङ, दार्चुला, हुम्ला र आसपास भएर बहने केही नदी तथा खोलामा जलसतह बढ्ने पूर्वानुमान रहेको रहेको छ ।
मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको छ । अन्य प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, भदौ २३, २०८० १०:४७
प्रतिक्रिया दिनुहोस्