site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गण्डकीका मुख्यमन्त्री भन्छन्– तीनै तहका कर्मचारीले पाउने सुविधा समान हुनुपर्छ
फाइल तस्बिर ।

अन्नपूर्ण (कास्की) । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्थानीय, प्रदेश र सङ्घ सरकारका कर्मचारीले समान सुविधा पाउनुपर्ने बताएका छन् । निजामती सेवा दिवस, २०८० को अवसरमा आज पोखरामा आयोजित मूल समारोहमा सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले तीनै तहका कर्मचारीले पाउने सेवा, सुविधा र वृत्तिविकास एकै किसिमको हुनुपर्नेमा जोड दिए ।

“यदि कोही स्थानीय तहबाट प्रदेश सरकार आउन चाहन्छ र प्रदेश सरकारबाट सङ्घीय सरकारमा जान चाहन्छ भने त्यसको बाटो र वृत्तिविकासका आधार सामान हुनुपर्छ,” मुख्यमन्त्री पाण्डेले भने, “कर्मचारीको सेवा र सुविधा समान हुनुपर्छ भन्ने कुरामा साथ दिन म तयार छु ।” 

सरकारको सफलता र असफलतामा कर्मचारीको पनि जनप्रतिनिधि जतिकै समान भूमिका हुने उनले बताए । राजनैतिक दलका आधारमा पक्षपात नगरी सेवा प्रवाहलाई सरल, सहज र चुस्त, दुरुस्त बनाउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री पाण्डेले जनतालाई केन्द्रमा राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिए ।

सङ्घ सरकारले बिहीबार मन्त्रिपरिषदबाट सङ्घीय निजामती सेवा ऐन पास गरी सदनमा पेश गर्ने गरी अगाडि बढाएको उल्लेख गर्दै उनले ऐनलाई सकरात्मक बनाउन प्रदेश सरकारले सहयोग गर्ने बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  २२:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro