site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदीप गिरिको तुलना अरुसँग कठिन : प्रधानमन्त्री 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले दिवंगत कांग्रेसका नेता प्रदीप गिरिको तुलना अरुसँग गर्न कठिन हुने बताएका छन् । 

सिरहाको बस्तिपुरमा आयोजित सभामा उनले गिरिको दार्शनीतिक चिन्तन, राजनीतिक विश्लेषण अरुभन्दा फरक रहेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

“उहाँको तुलना अरुसँग गर्न धेरै कठिन छ । उहाँको दार्शनिक चिन्तन, समाजवादी चिन्तन, राजनीतिक विश्लेषण र त्यसलाई हेर्ने उनको नजरिया अर्कै थियो,” उनले भने । 

प्रचण्डले गिरिसँग शान्ति प्रक्रियामा आउनुअघि नै अनौपचारिक कुरा भएको सुनाए । 

Global Ime bank

आफूलाई कांग्रेसका सभापति शेरबहादुर देउवाकोमा पुर्‍याउने व्यक्ति पनि गिरि नै रहेको बताए ।

“शान्ति प्रक्रियामा आएपछि सबैभन्दा पहिले मलाई शेरबहादुर देउवाजी कहाँ लगेर राजनीतिक परिस्थिति, संविधानसभालगायत यावत धेरै कुरामा अहिले भनिसाध्य छैन,” प्रचण्डले भने, “मलाई पहिला त्यहाँ पु¥याउने र अवस्थाका बारेमा विश्लेषण गर्ने व्यक्तित्व हुनुहुन्थ्यो ।”

उनले आफूलाई भरोसा, माया गरेर नियमित घरमा आउने र खाना खाएर छलफल गर्ने गरेको पनि सुनाए ।  

“प्रदीप गिरिको अभाव हामीलाई खड्केको छ । हामीले सिक्नुपर्ने धेरै कुरा बाँकी छ,” प्रचण्डले भने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १६:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !