site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
चौधरी ग्रुप र अदानी ग्रुपबीच सिमेन्ट व्यवसायका लागि रणनीतिक साझेदारी

काठमाडौं । चौधरी ग्रुप र भारतको अदानी ग्रुपबीच दुई देशबीच सिमेन्ट व्यापारको अभिवृद्धिका लागि रणनीतिक साझेदारीका लागि सहमति भएको छ । नेपाल र भारतबीचको गहिरो सम्बन्धलाई अझै सुदृढ गर्दै लैजाने उद्देश्यका साथ दुई देशका व्यवसायिक घरानाले सिमेन्ट बिजनेसमा नयाँ अध्याय सुरु गरेको बताएका छन् ।

नेपालसँग जोडिएका भारतीय राज्यहरूमा सिमेन्ट आपूर्तिमा सहजीकरण गर्ने उद्देश्यले यो साझेदारी गरिएको बताइएको छ । यस अवसरमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरीले यो सहमति दुई राष्ट्रबीचको आर्थिक र व्यापारिक सम्बन्धलाई अभिवृद्धि गर्ने चौधरी ग्रुपको उद्देश्यमा एउटा महत्वपूर्ण कोशेढुंगा सावित हुने बताए । “यो रणनीतिक सहकार्यबाट हामी आर्थिक वृद्धि र विकासमा सक्रिय रूपले योगदान दिँदै नेपाल–भारत आर्थिक र व्यापारिक सम्बन्धलाई अझ बढी सुदृढ पार्न चाहन्छौँ,” प्रवन्ध निर्देशक चौधरीले भने ।  

Dabur Nepal
NIC Asia

अदानी ग्रुपको सिमेन्ट व्यवसायसँगको साझेदारी नेपाल र भारतबीचको दिगो सम्बन्धको प्रमाणको रूपमा रहने विश्वास पनि दुवै पक्षको छ ।

चौधरी ग्रुपले दशकौँदेखि एफएमसीजी, हस्पिटालिटी, रियल स्टेट, फाइनान्सलगायत क्षेत्रमा बलियो उपस्थिति जनाउँदै आएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १२:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro