देश
काठमाडौं । देशका अधिकांश ठूला नदीमा आज पानीको बहाव सामान्य घटबढ हुने पूर्वानुमान छ । केही साना नदीमा बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस दिन संखुवासभा, खोटाङ, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, मकवानपुर, उदयपुर, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, सल्यान र बाजुरा भई बहने केही साना नदीमा बहाव सामान्य बढ्न सक्ने महाशाखाको पूर्वनुमान छ ।
अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, वाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा जलसतह सामान्य घटबढ हुने महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८० ०९:२८
प्रतिक्रिया दिनुहोस्