site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रथयात्राका क्रममा ३२ जना भारतीय पक्राउ

विराटनगर । राधाकृष्ण रथयात्राका क्रममा विभिन्न शंकास्पद गतिविधिमा संलग्न ३८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमध्ये ३२ जना भारतीय नागरिक छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनीहरूलाई रथयात्राको सुरक्षामा खटिएका सुरक्षाकर्मीले विराटनगरका अलग–अलग स्थानबाट पक्राउ गरेका हुन् ।

रथयात्राको फाइदा उठाउँदै विभिन्न शंकास्पद गतिविधिमा संलग्न रहेको र विगतमा पनि आपराधिक गतिविधि सलग्नता देखिएको प्रहरीको भनाइ छ ।

पक्राउ परेकामध्ये ३० जना पुरूष र आठजना महिला छन् । उनीहरूमध्ये ३२ जना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई अनुसन्धान भइरहेकोे कार्यालयका डीएसपी रञ्जनकुमार दाहालले बताएका छन् ।

विराटनगरमा हरेक वर्ष कृष्णजन्माष्टमीको भोलिपल्ट राधाकृष्ण रथयात्रा निकाल्ने गरिन्छ । पाँच दशकअघिदेखि रथयात्रा निकाल्न सुरु गरिएको हो ।

विराटनगर महानगरपालिकाले रथयात्रामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पनि सहभागी हुने प्रचार गराएको थियो । तर, बालेन र साम्पाङ दुवै रथयात्रामा सहभागी हुन आएनन् ।

रथयात्रामा सहभागीहरूमध्ये धेरैले रथ तान्ने क्रममा बालेन आए नआएको भन्ने विषयमा एकअर्कासँग सोधीखोजी गर्दै गरेको देखिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  २१:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro